कात्तिकमा एक वाणिज्य बैंकसहित ४ कम्पनीको साधारणसभा, कुनको लाभांश कति ?



काठमाडौं । कात्तिक महिनामा एक वाणिज्य बैंकसहित ४ कम्पनीले साधारणसभा बोलाएका छन् ।

कात्तिकमा सानिमा माई हाइड्रोपावर, रु रु जलविद्युत परियोजना, सिटीजन बैंक इन्टरनेशनल र गुराँस लाइफ इन्स्योरेन्सको वािर्षक साधारणसभा बस्ने भएको हो ।

सानिमा माई हाइड्रोपावरको ११ औं वार्षिक साधारणसभा कात्तिक २ गते बस्ने भएको हो । सभा स्मार्ट दरबार, बैंक्वेट, धुम्बाराही, काठमाडौंमा विहान ११ बजेदेखि शुरू हुने कम्पनीले जनाएको छ ।

उक्त सभाले २०७८/०७९ को मुनाफाबाट ५.२६३२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्ने छ । असोज ११ गतेसम्म नेप्सेमा कायम रहेका सेयरधनीहरूले कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश पाउनेछन् । लाभांश र साधारणसभा प्रयोजनका लागि कम्पनीले असोज १२ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको थियो ।

रु रु जलविद्युत परियोजनाको १७ औं साधारणसभा कात्तिक ४ गते बस्ने भएको छ । उक्त सभा बानेश्वर व्याङ्क्वेट, थापागाउँमा बिहान १० बजेदेखि शुरु हुने कम्पनीले जनाएको छ ।

कम्पनीले आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट सेयरधनीहरूलाई १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो । लाभांश र साधारणसभा प्रयोजनका लागि कम्पनीले असोज २७ गते १ दिनका लागि बुकक्लोज गरेको थियो । सो बमोजिम असोज २६ गतेसम्म नेप्सेमा कायम सेयरधनीले कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश प्राप्त गर्नसक्नेछन् ।

यस्तै, सिटीजन बैंक इन्टरनेशनलको १६ औं वार्षिक साधारणसभा कात्ति ४ मा बस्ने भएको छ । अमृतभोग, कालिकास्थान, काठमाडौंमा विहान ११ बजेदेखि शुरु हुने कम्पनीले जानकारी दिएको छ । उक्त सभाले ९ प्रतिशत नगद लाभांश अनुमोदन गर्दै छ ।

बैंकले आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट ९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । सधारणभा र लाभांश प्रयोजनका लागि बैंकले असोज २८ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । आजसम्म नेप्सेमा बायम सेयरधनीहरूले उक्त लाभांश पाउन सक्नेछन् ।

यस्तै, गुराँस लाइफ इन्स्योरेन्सको २२ औं वार्षिक साधारणसभा कात्तिक ४ गते बस्दै छ । उक्त साधारणसभा कम्पनीको प्रधान कार्यालय, तिनकुने, काठमाडौंमा विहान ११ बजेदेखि शुरु हुने कम्पनीले जनाएको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७६÷०७७ को मुनाफाबाट ७.४२२५ प्रतिशत बोनस सेयर र ०.३९१७ प्रतिशत र नगद लाभांश दिने प्रस्ताव गरेको छ । उक्त साभाले कम्पनीले प्रस्ताव गरेको लाभांश अनुमोदन गर्ने छ ।

इन्स्योरेन्सले साधारणसभा र लाभांश प्रयोजनका लागि असोज २६ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको थियो ।
जसअनुसार असोज २५ गतेसम्म नेप्सेमा कायम सेयरिधनीले इन्स्योरेन्सले प्रस्ताव गरेको उक्त लाभांश पाउन सक्नेछन् ।


क्लिकमान्डु