आइएमएफको एसिया प्रशान्त उपनिर्देशक भन्छिन्: राष्ट्र बैंकको ब्याज बढाउने निर्णय ठिक छ



काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)को एसिया प्रशान्त विभागकी उपनिर्देशक ऐन मेरी गुल्डे वुल्फले नेपाल राष्ट्र बैंकको ब्याजदर बढाउने निर्णय उचित भएको बताएकी छन् ।

एसिया र प्यासिफिक क्षेत्रको ब्रिफिङमा क्लिकमाण्डू संवाददाताको प्रश्नमा जवाफ दिँदै वुल्फले नेपाल राष्ट्र बैंकले ब्याजदर वृद्धि गरेर विदेशी मुद्राको सञ्चिति जोगाइरहेको बताइन् ।

‘कोरोना महामारीपछि नेपालको अर्थतन्त्र निरन्तर सुधार भइरहेको छ,’ वुल्फले भनिन्, ‘आयातमा निर्भर अर्थतन्त्र भएकाले इन्धन र खाद्य पदार्थको मूल्य वृद्धिको असर नेपालमा परेको छ । रेमिट्यान्स पनि बढ्न नसकेकाले विदेशी मुद्राको सञ्चिति घटेको हो । राष्ट बैंक निकै सचेत भएर काम गरिरहेका छ ।’

नेपालको अर्थतन्त्रको पछिल्लो अवस्थाको विषयमा आइएमएफका अधिकारीहरु नेपाली नीति निर्मातासँग सम्पर्कमा रहेकाले समेत वुल्फले बताईन् ।

कोरोना महामारीपछि ८ प्रतिशत रहेको बैंक दरलाई राष्ट्र बैंकले बैंक बढाएर ८.५ प्रतिशत पुगेको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत बैंक दर बढाएको हो ।


क्लिकमान्डु