झनै कमजोर बन्दै नेपाली मुद्रा, अमेरिकी डलरको मूल्यमा अर्को नयाँ रेकर्ड



काठमाडौं । नेपाली रुपैयाँ अहिलेसम्मकै कमजोर बनेको छ । अमेरिकी डलरको तुलनामा भारतीय मुद्रा कमजोर बन्दा त्यसको असर नेपाली मुद्रमा परेको छ । जसले गर्दा नेपाली मुद्रा कमजोर बन्दै गएको छ ।

आइतबार नेपाली बजारमा १ अमेरिकी डलरको खरिद मूल्य १३१ रुपैयाँ ४६ पैसा र बिक्री मूल्य १३२ रुपैयाँ ०६ पैसा तोकिएको छ । डलरले यसअघिका रेकर्डलाई तोड्दै नयाँ रेकर्ड बनाएको हो ।

अमेरिकी डलरसँग नेपाली रूपैयाँको विनिमय दर भारतिय रूपैयाँ र डलरको विनिमय दरको आधारमा तय गरिँदै आएको छ । जसले गर्दा भारतिय रूपैयाँ कमजोर बन्दा नेपाली रूपैयाँ कमजोर हुने गरेको छ ।

राष्ट्र बैंकले युरोको खरिद मूल्य १२७ रुपैयाँ ७७ पैसा तथा खरिद मूल्य १२८ रुपैयाँ ३५ पैसा कायम गरेको छ । त्यस्तै युके पाउण्ड स्टलिङको खरिद मूल्य १४४ रुपैयाँ ४५ पैसा र बिक्री मूल्य १४७ रुपैयाँ १२ पैसा रहेको छ ।

अष्ट्रेलियन डलरको खरिद मूल्य ८२ रुपैयाँ ४९ पैसा र बिक्री मूल्य ८२ रुपैयाँ ८७ पैसा, साउदी रियालको खरिद मूल्य ३४ रुपैयाँ ९८ पैसा र बिक्री मूल्य ३५ रुपैयाँ १४ पैसा, कतारी रियालको खरिद मूल्य ३५ रुपैयाँ ९४ पैसा र बिक्री मूल्य ३६ रुपैयाँ ११ पैसा रहेको छ भने मलेसियन रिङगिटको खरिद मूल्य २८ रुपैयाँ ०२ पैसा र बिक्री मूल्य २८ रुपैयाँ १५ पैसा रहेको छ ।


क्लिकमान्डु