सिभिल बैंकले पशुपतिका २ सय बिरुवाको संरक्षण गर्न उपलब्ध गरायो ट्री–गार्ड



काठमाडौं । सिभिल बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत पशुपति क्षेत्रमा रोपिएका बिरुवाहरुको संरक्षणको लागि २०० वटा ट्री–गार्डहरु उपलब्ध गराएको छ ।

सिभिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सचिन जङ्ग रायमाझीले पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलन कुमार थापालाई ट्री–गार्डहरुको हस्तान्तरण गरेका छन् ।

बैंकले पशुपति क्षेत्रको हरियाली बढाउन गरिएको वृक्षारोपणको सुरक्षाका लागि पशुपति विकास कोषलाई प्रदान गरिएको ट्री–गार्डहरुको मूल्य करिब ८ लाख रुपैयाँ रहेको छ ।

बैंकले यसअघि पशुपति क्षेत्रको पार्किङ क्षेत्रमा ३०० वटा ट्री–गार्डहरु सहितको बिरुवाहरु लगाई उक्त बिरुवालाई राम्ररी हुर्काउन पाँच वर्षसम्म लाग्ने सम्पूर्ण खर्च बहन गर्दै आइरहेको छ ।

हिन्दु धर्मावलम्बीहरुको आस्थाको केन्द्रबिन्दु पाशुपत क्षेत्रको सुन्दरता बढाउनका लागि सानै भएपनि टेवा पु¥याउन पाउँदा आफुलाई खुशी लागेको कुरा सिभिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सचिन जङ्ग रायमाझीले बताए ।


क्लिकमान्डु