राष्ट्र बैंकले ३० अर्बको रिपो जारी गर्ने



काठमाडौं । नेपाल राष्ट्र बैंकले ३० अर्ब रुपैयाँको रिपो जारी गर्ने भएको छ ।

राष्ट्र बैंकका अुनसार आज मध्यान्न ३ बजेसम्म बैंक तथा वित्तीय संस्थाले बिडिङ गर्नुपर्नेछ । आजै रिपोको बोलकबोल हुने छ । यो एक साताका लागि मात्रै हो । जुन कात्तिक ३ गते परिपक्क हुनेछ ।

केन्द्रीय बैंकले बैंकिङ प्रणालीमा साधारण प्रकृतिको न्यून तरलताको स्थिति देखिएमा अल्पकालीन (अधिकतम सात दिनको) अवधिको तरलता प्रवाह गर्न यो उपकरण प्रयोग गर्ने गरेको छ ।


क्लिकमान्डु