महालक्ष्मी विकास बैंकद्वारा विद्यालय, मन्दिरलाई सहयोग



काठमाडौं । महालक्ष्मी विकास बैंकको कमाने शाखाले मकवानपुर जिल्लाको पुरानो अस्पताल, हेटौंडा अस्पताललाई कुर्सी हस्तान्तरण गरेको छ ।

हेटौंडा अस्पतालको नवनिर्मित भवनमा सेवा लिन आउने बिरामीहरुलाई सहजताहोस् भन्ने उद्देश्यले बैंकले उक्त कुर्सी प्रदान गरेको हो ।

साथै बैंकको आबँुखैरेनी शाखाले आबँुखैरेनी–६ मा रहेको आबँुखैरेनी क्याम्पसलाई पङ्खा हस्तान्तरण गरेको छ ।

विद्यालयको प्राङ्गणमा आयोजित विशेष कार्यक्रममा बैंकले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको पठन पाठन सहज बनाउन १५ थान पङ्खा हस्तान्तरण गरेको जनाएको छ ।

यस्तै बैंकको नारायणगढ शाखाद्वारा भरतपुर महानगरपालिका–२ आँपटारी, मिलनटोलमा अवस्थित शिवालय मन्दिरलाई कुर्सी हस्तान्तरण गरेको छ ।

मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थीहरु र मन्दिर परिसरमा बिहान, दिउँसो र साँझमा घुम्न आउने जेष्ठ नागरिकहरुलाई आराम गर्न उक्त सहयोग गरेको बैंकले जनाएको छ । यस्तै बैंकको मैतिदेवी शाखाले काठमाडौं महानगरपालिका–३० मा मैतिदेवी मन्दिरमा सि.सि.क्यामेरा जडान गरेको छ ।

मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थीहरु साथै मन्दिर परिसरको सुरक्षाका निम्ति बैंकले मैतिदेवी मन्दिर क्षेत्र प्रबन्ध समितिसँग समन्वय गरी २ थान सि. सि. क्यामेरा जडान गरेको जनाएको छ ।


क्लिकमान्डु