नबिल ब्यालेन्स्ड फण्ड–२ र नलिब इक्वीटी फण्डको लाभांश घोषणा, कुनको कति ?



काठमाडौं । नबिल म्युचुअल फण्ड अन्तर्गतको नबिल ब्यालेन्स्ड फण्ड २ र नलिब इक्वीटी फण्डले ईकाइधनीलाई लाभांश घोषणा गरेका छन् ।

नबिल इन्भेष्टमेन्ट बैंकिङको बिहीबार बसेको सञ्चालक समितिको बैठकले नबिल म्युचुअल फण्ड अन्तर्गतको ब्यालेन्स फण्ड–२ को आर्थिक वर्ष २०७८/०७९ को लागि ईकाइधनीलाई ७ प्रतिशत (कर सहित) नगद लाभांश दिने भएको छ । त्यसका लागि कम्पनीले ईकाइधनी दर्ता पुस्तिका कात्तिक १८ गते एक दिनका लागि बन्द गर्ने निर्णय गरेको छ ।

यस्तै नबिल इक्वीटी फण्डले पनि ईकाइधनीलाई ५ प्रतिशत (कर सहित) लाभांश दिने भएको छ । यसका लागि पनि ईकाइधनी दर्ता पुस्तिका कात्तिक १८ गते एक दिनका लागि बन्द गर्ने निर्णय गरेको जनाएको छ ।


क्लिकमान्डु