दसैँपछि बर्षाले अवरुद्ध भएको सात जिल्ला जोड्ने भीमदत्त राजमार्ग खुल्यो



अतरिया । वडादसैँको दोस्रो दिनदेखिको लगातार अविरल वर्षा भएपछि अवरुद्ध भएको भीमदत्त राजमार्ग सञ्चालनमा आएको छ ।

कैलालीको गोदावरी नगरपालिका-४ मा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको थियो । कैलाली जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार उक्त स्थानमा सुरक्षाकर्मी, स्थानीयवासी र सावारी चालकसमेत भएर उक्त राजमार्ग सञ्चालनमा ल्याइएको थियो ।

पहाडी सात जिल्ला जोड्ने अवरुद्ध भएको राजमार्ग अहिले सञ्चालनमा आएपछि सावरीसाधन आवतजावत हुन लागेको उनले बताए ।


क्लिकमान्डु