राष्ट्रपति भण्डारीलाई कोरोना संक्रमण पुष्टि



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

खोकी र ज्वरोका कारण शनिबार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी भण्डारीलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

भण्डारीलाई कोरोना भएपनि अहिले भने स्वास्थ्य स्थिति सुधारउन्मुख रहेको बताइएको छ ।


क्लिकमान्डु