सिटिजन्स बैंकका सीईओ गणेशराज पोखरेलको तलब भत्ता १ करोड ७६ लाख



काठमाडौं । सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गणेश पोखरेलले एक वर्षको अवधिमा १ करोड ७६ लाख ३० हजार ७७६ रुपैयाँ बुझेका छन् ।

उनले आर्थिक वर्ष २०७८/२०७९ मा तलब वापत ८४ लाख रुपैयाँ लिगेका छन् भने ६० लाख रुपैयाँ भत्ता बुझेका छन् भने उनले दशैंभत्ता ९ लाख ५० हजार रुपैयाँ लिएका छन् ।

उनको सञ्चयकोष योगदान ८ लाख ४० हजार, बिदा बापतको भुक्तानी १२ लाख २६ हजार ६६७ रुपैयाँ र अन्य रकम २ लाख १४ हजार १०९ रुपैयाँ लिएको बैंकले जनाएको छ । उक्त तलब बापत उनले राज्यलाई ३६ प्रतिशत आयकर तिरेका छन् ।


क्लिकमान्डु