आदर्श लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार रोक्का



काठामाडौ‌ । आदर्श लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार रोक्का भएको छ ।

डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले आदर्श लघुवित्त वित्तीय संस्थालार्ई प्राप्ति गर्ने भएपछि सेयर कारोबार रोक्का भएको हो ।

दुवै संस्थाले असोज १४ गते मर्जर तथा प्राप्ति सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेका थिए ।

उक्त समझदारी पत्रमा डिप्रोक्स लघुवित्तका अध्यक्ष दिपक खनाल र आदर्श लघुवित्तका अध्यक्ष सूर्यकुमारी श्रेष्ठले हस्ताक्षर गरेका छन् ।


क्लिकमान्डु