स्रोत नखुलेको साढे २८ लाख भारुसहित ३ जना पक्राउ



पर्सा । वीरगंज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट स्रोत नखुलेको २८ लाख ५६ हजार भारतीय रूपैयाँ सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

नुवाकोट शिखरवेसी-७ बस्ने ४५ वर्षीया अनिता तामाङ लगायत ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय विर्ता र प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले चेकजाँच गर्ने क्रममा उक्त नगद सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।


क्लिकमान्डु