डेङ्गी रोकथामका लागि महानगरले दशैंमा सिटामोल र जीवनजल वितरण गर्ने



काठमाडौं । काठमाडौं महानगरपालिकाले डेङ्गी रोकथाम तथा नियन्त्रणको कामलाई दशैं पर्व अवधिमा विशेष व्यवस्थाबाट सञ्चालन गर्ने भएको छ ।

यसअघिका कार्यक्रमलाई निरन्तरता दिँदै पर्व अवधिभर महिला स्वास्थ्य स्वयमसेविकाबाट सिटामोल र जीवनजल वितरण गर्ने व्यवस्था मिलाएको जनाएको छ । महानगरमा ५५८ जना महिला स्वास्थ्य स्वयमसेविका छन् । सिटामोल र जीवन जल वितरणका लागि उनीहरुलाई नै उपलब्ध गराउनेछन् ।

‘पर्वका समयमा डेङ्गीसँग सम्बन्धित कुनै विषयमा जानकारी लिन परेमा महानगरको हटलाइन ११८० मा सम्पर्क गर्नोस् । डेङ्गीको उपचारका लागि अस्पताल जानु परे १०२ मा फोन गरेर निःशुल्क नेपाल एम्बुलेन्स सेवा प्रयोग गर्नोस्’ महानगरका प्रमुख बालेन्द्र शाहले भने ‘संक्रमणबाट बच्ने सबैभन्दा उत्तम उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्नु हो । यसका लागि सबै नागरिकले ध्यान दिनुहोला । महानगरले संक्रमण रोकथाम र नियन्त्रण तथा परीक्षण र उपचारका लागि निरन्तर काम गरिरहनेछ ।’


क्लिकमान्डु