इटहरी उपमहानगरका पूर्वमेयर द्वारिकलाल माओवादीमा प्रवेश



काठमाडौं । नेकपा एमाले सुनसरीका पूर्वअध्यक्षसमेत रहेका इटहरी उपमहानगरका पूर्वमेयर द्वारिकलाल चौधरी माओवादी केन्द्रमा प्रवेश गरेका छन्।

चौधरी आज बिहान एक कार्यक्रमका बीच माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

चौधरीसहित एमालेका अन्य नेता तथा कार्यकर्ता पनि माओवादी केन्द्रमा प्रवेश गरेको प्रचण्डको सचिवालयले जनाएको छ ।

नेकपा एमालेमा हुँदा माधव कुमार नेपाल पक्षमा रहेका चौधरी माधव नेपालले एकीकृत समाजवादी गठन गरपनि एमालेमै बसेका थिए ।


क्लिकमान्डु