लाभांश घोषणा गर्नेमा पहिलो बाणिज्य बैंक बन्यो सिटिजन्स, नगद कति ?



काठमाडौं । सिटिजन्स बैंकले सेयरधनीलाई ९ प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरुलाई उक्त लाभांश दिने प्रस्ताव गरेको हो ।

बैंकको आज अर्थात असोज ६ गते बिहीबार बसेको ४०३ औँ सञ्चालक समितिको बैठकले आफ्ना सेयरधनीलाई ९ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि दिने बैंकले जनाएको छ ।

बैंकले गत आव २०७८/७९ को वितरण योग्य मुनाफाबाट गत असार मसान्तको चुक्ता पुँजी १४ अर्ब २० करोड ९ लाख ७४ हजार रुपैयाँको ९ प्रतिशतले हुने १ अर्ब २७ करोड ८० लाख ८७ हजार रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको छ ।


क्लिकमान्डु