वीर अस्पताल अगाडिका औषधि पसलमा महानगरले चलायो डोजर, अब पार्क बनाइने



काठमाडौं । काठमाडौं महानगरपालिकाले वीर अस्पताल अगाडिको औषधि पसलहरुमा डोजर चलाएको छ ।

महानगरपालिकाले नक्सामा वीर अस्पतालको भवन अगाडि बगैंचा देखिएको भन्दै केही दिन अघि त्यस स्थानमा बनेको संरचना हटाउन पत्राचार र माइकिङ गरेको थियो ।

नयाँ र पुरानो भवनको बीचमा रहेका टहरामा महानगरको डोजर चलेको हो । अवैध संरचना हटाउन महानगरले यसअघि २४ घण्टे सूचना जारी गरेको थियो ।

टहरा हटाएको स्थानमा अब पार्क बन्ने छ ।


क्लिकमान्डु