बीमा समितिले थप तीन प्रदेशमा प्रदेशस्तरीय कार्यालय स्थापना गर्ने



काठमाडौं । बीमा समितिले थप तीनवटा प्रदेशमा प्रदेशस्तरीय कार्यालय स्थापना गर्ने भएको छ ।

कर्णाली प्रदेश, मधेश प्रदेश र सुदुरपश्चिम प्रदेशमा कार्यालय स्थापना गरिसकेको समितिले प्रदेश नं. १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा पनि प्रदेशस्तरीय कार्यालय स्थापना गर्ने भएको हो ।

जसका लागि समितिले घर/भवन बहालमा लिन खोजेको हो ।

प्रदेशस्तरीय शाखा कार्यालय सञ्चालनका लागि समितिले एक सूचना जारी गर्दै घर/भवन बहालमा लिनका लागि गोप्य सिलबन्दी प्रस्ताव पेश गर्न अनुरोध गरेको हो ।

समितिद्वारा जारी सूचनाअनुसार न्यूनतम क्षेत्रफल २ हजार वर्गफिट भएको घर तथा भवन भएका मालिकले सूचना जारी भएको ३५ दिनभित्र सिलबन्दी पेश गर्नुपर्नेछ ।

समितिले प्रदेश नं. १ विराटनगर प्रदेश कार्यालयको लागि महेन्द्रचोकदेखि बरगाछी चोकसम्म र मेनरोडको दायाँबायाँ १०० मिटरसम्म भित्री सडक छोएको हुनुपर्ने जनाएको छ ।

गण्डकी प्रदेश कार्यालय पोखराको लागि पोखरा महानगरपालिकाको न्यूरोड, साभगृहचोक, पृथ्वीचोक र चिप्लेढुंगा वरीपरी मुख्य सडक वा सो भन्दा भित्र १०० मिटरसम्म, भित्रि सहडकले छोएको हुनुपर्ने समितिले जनाएको छ ।

यस्तै, लुम्बिनी प्रदेश बुटवल कार्यालयको लागि बुटवल नगरपालिका, मिलनचोक, चौराहा, कालीकानगर वरीपरी मुख्य सडक वा सोभन्दाभित्र १०० मिटरसम्म, भित्रि सडकले छोएको हुनुपर्ने समितिले जनाएको छ ।

शीलबन्दी प्रस्तावसँग बहालमा दिन चाहेको स्थानको पूर्ण विवरण, भवनको स्वीकृत नक्शा, निमार्ण सम्पन्न प्रमणपत्र, घरको फोटो, भवन निर्मित जग्गाको जग्गाधनी प्रमाणपत्र र मालपोत तथा जग्गाका जग्गाधनी प्रमाण्पत्र र मालपोत तथा घरजग्गा कर आव २०७८/०७९ सम्म चुक्ता गरेको प्रमाणपत्रको प्रतिलिपी लगायतका कागाजात तथा विवरणहरू पशे गर्नुपर्ने समितिले जनाएको छ ।

प्रस्तावित भवनमा पानी, विजुली, कम्तीमा ५ वटा गाडी र १० वटा मोटरसाईकलको लागि पार्किङ गर्ने ठाउँ भएको, कार्यालय संचालनको लागि कम्तिमा ५ वर्षको लागि उपलब्ध हुन सक्ने तथा प्रस्तावित भवन मुख्य मोटरबाटोमा जोडिएको र गाडी दोहोरो आवत जावत गर्न सक्ने लगायतका शर्तहरू समितिले राखेको छ ।


क्लिकमान्डु