बीमा समितिको सुदूरपश्चिम प्रदेश कार्यालयको उद्घाटन हुँदै



काठमाडौं । बीमा समितिले सुदूरपश्चिम प्रदेशमा स्थापना गरेको प्रदेश कार्यालयको औपचारिक उद्घाटन गर्ने भएको छ ।

अर्थमन्त्री जनार्दन शर्मा र बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले समितिको सुदूरपश्चिम प्रदेश कार्यालयको उद्घाटन हुने भएको हुन् ।

असोज ७ गते उद्घाटन हुने समितिले जानकारी दिएको छ । उद्घाटन शुभश्री पार्टि प्यालेस, धनगढी –५, हसनपुर, कैलालीमा हुने समितिका प्रदेश कार्यालय प्रमुख ओम बहादुर अधिकारीले जानकारी दिए ।

उनकाअनुसार बिहान ११ बजे उक्त प्रदेश कार्यालयको उद्घाटन हुने छ ।

समितिले ३ वटा प्रदेशमा प्रदेशस्तरीय शाखा कार्यालय स्थापना गरेको छ । कर्णाली प्रदेश, मधेश प्रदेश र सुदुरपश्चिम प्रदेशमा कार्यालय स्थापना गरेको हो ।

समितिले यस अघि अर्थमन्त्री शर्माले बीमा समितिले कर्णाली प्रदेशको सुर्खेतमा स्थापना गरेको प्रदेश कार्यालयको भाद्र १६ गते उद्घाटन गरेका थिए ।


क्लिकमान्डु