एनटीसीको अफरः १९९ रुपैयाँमा ४२ सय एमबीसहित ४२० मिनेट कुराकानी गर्न सकिने



काठमाडौं । नेपाल टेलिकमले आफ्ना प्रिपेड ग्राहकका लागि दैनिक प्रयोग गर्न सकिने साथै मासिक रुपले प्रयोग गर्न सकिने सजिलो प्रिपेड कम्बो अफर उपलब्ध गराइरहेको छ । तर, कम्पनीले सोही अफरअन्तर्गत थप अफर दिने भएको छ ।

टेलिकमले प्रिपेड मोबाइलका ग्राहकहरुका लागि असोज २ गतेदेखि १९९ रुपैयाँदेखि ६९९ रुपैयाँसम्मका भ्वाइस, डाटा र सन्देश पठाउन सकिने प्याकहरु अफर ल्याएको छ ।

उक्त प्याक एकपटक लिएपछि २८ दिनसम्म प्रयोग गर्न सकिनेछ । यस अफर अन्तर्गत १९९ रुपैयाँमा ४२ सय एमबी (दैनिक १५० एमबी) डाटा, ४२० मिनेट (दैनिक १५ मिनेट) कुराकानी गर्ने र ४२० (दैनिक १५) वटा सन्देश पठाउन सकिने सुविधा उपलब्ध छ ।

त्यसैगरी, टेलिकमले ३४९ रुपैयाँमा १४ हजार एमबी (दैनिक ५०० एमबी) डाटा, १४०० मिनेट (दैनिक ५० मिनेट) कुराकानी गर्ने र १४०० (दैनिक ५०) वटा सन्देश पठाउन सकिने सुविधा उपलब्ध छ ।

त्यस्तै, टेलिकमले ४९९ रुपैयाँमा १९ हजार ६ सय एमबी (दैनिक ७०० एमबी) डाटा, १९६० मिनेट (दैनिक ७० मिनेट) कुराकानी गर्ने र १९६० (दैनिक ७०) वटा सन्देश पठाउन सकिने सुविधा प्रयोग गर्न सकिन्छ ।

यस अफरअन्तर्गत ६९९ रुपैयाँमा २८ जिबी (दैनिक १ जिबी) डाटा, २८ सय मिनेट (दैनिक १०० मिनेट) कुराकानी गर्ने र २८ सय (दैनिक १००) वटा सन्देश पठाउन सकिने सुविधा उपलब्ध छ । अफरअन्तर्गत उपलब्ध सबै सुविधाहरु खरिद गरेको मितिदेखि २८ दिनसम्म सबै नेटवर्कमा प्रयोग गर्न सकिन्छ ।

यसका साथै यस अफर अन्तर्गत सन्देश मात्र पठाउनु पर्ने ग्राहकको आवश्यकतालाई ध्यानमा राखी ९८ रुपैयाँमा २८ दिन भित्रमा जम्मा ६ सय वटा र ६० रुपैयाँमा ३ सय वटा सन्देश पठाउन सकिने सुविधा पनि उपलब्ध गराइएको छ ।


क्लिकमान्डु