बैंकमा एक सातामै बढ्यो साढे ४० अर्ब निक्षेप, कर्जा प्रवाह सुस्त



काठमाडौं । भदौ अन्तिम साता बैंकिङ प्रणालीमा निक्षेप ह्वात्तै बढेको छ ।

बैंकर्स संघका अनुसार भदौ अन्तिम साता बैंकिङ प्रणालीमा ४० अर्ब ५४ करोड रुपैयाँले बढेको छ ।

भदौ २४ गतेसम्म वाणिज्य बैंकले ४४ खर्ब ४५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेकामा भदौ ३१ गतेसम्म आइपुग्दा ४० अर्ब ५४ करोड रुपैयाँले बढेर ४४ खर्ब ८६ अर्ब रुपैयाँ पुगेको छ ।

एक सातामा निक्षेप ह्वात्तै बढ्दा कर्जा प्रवाह भने उल्लेख्य रुपमा हुन सकेको छैन । भदौ २४ गतेसम्म ४१ खर्ब ८८ अर्ब रुपैयाँ निक्षेप संकलन गरेकामा ३१ गतेसम्म आइपुग्दा २ अर्ब २० करोड रुपैयाँले बढेर ४१ खर्ब ९० करोड रुपैयाँ पुगेको छ ।


क्लिकमान्डु