विपन्न कार्यक्रममा आवद्ध सेवा प्रदायक संस्थाहरूलाई नवीकरण हुन स्वास्थ्य बीमा बोर्डको आग्रह



काठमाडौं । स्वास्थ्य बीमा बोर्डले विपन्न कार्यक्रममा आवद्ध सम्पूर्ण सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई नवीकरण हुन आग्रह गरेको छ ।

बोर्डले एक सूचना जारी गर्दै उक्त कार्यक्रम गर्न सम्झौता गरी सेवा प्रवाह गरिराखेका र आव २०७९/८० अवधिका लागि नवीकरण गर्न कागजात नबुझाएका सेवा प्रदायकलाई नवीकरण हुन आग्रह गरेको हो ।

विपन्न औषधी उपचार अन्तर्गत दिईदै आएको कडा रोगहरू(क्यान्सर, मुटुरोग, मृगौलारोग, हेड इन्जुरी, स्पाईनल इन्जुरी, सिकलसेल एनिमिया, पार्किन्सन्स र अल्जाईमर) को लागि अस्पतालहरूबाट विगतमा स्वास्थ्य सेवा प्रवाह गरिराखेका र चालु आवका लागि नवीकरण गर्न हालसम्म पनि आवश्यक कागजताहरूसहित बोर्डमा निवेदन पेश नगरेका सेवा प्रदायकहरूलाई असोज १४ गतेसम्म नवीकरण हुनुपर्ने बोर्डद्धारा जारी सूचनामा उल्लेख छ ।

नवीकरण गरी पाउँ भनी स्वास्थ्य बीमा बोड्र्रलाई सम्बोधन गरी लिेखिएको पत्र, जनशक्तिको विवरण, सम्बन्धीत सेवाका लागि आवश्यक औजार उपकरणको सूचाी, मूल्यसहितको सम्बन्धीत सेवाका लागि आवश्यक पर्ने औषधीहरूको सूची, प्रबन्धपत्र, विनियमावली लगायतका कागजात पेस गर्नुपर्ने बोर्डले जनाएको छ ।

यस्तै, अस्पताल सञ्चालन स्वीकृति/नवीकरण गरेको प्रतिलिपी, प्यान/भ्याट दर्ता प्रमाणपत्रको प्रतिलिपी, अन्तिम पटकको क चुक्ता गरेको प्रमाण, कम्पनी/घरेलुमा दर्ता प्रमाणपत्रको प्रतिलिपीर यस अघि विपन्न् कार्यक्रम सञ्चालन स्वीकृति/नवीकरण गरेको सम्झौतापत्रको प्रतिलिपी समेत गरी बोर्डको विपन्न सेवा समन्वय शाखामा दर्ता हुनुपर्ने बोर्डले जनाएको छ ।


क्लिकमान्डु