सुकुटे एडभेन्चर रिसोर्टको दशैं अफरः दिवा प्याकेज १ हजार रुपैयाँ मात्रै



काठमाडौं । नेपालीहरुको महान चाडपर्व दशैं नजिकिएसँगै विभिन्न व्यवसायिक क्षेत्रले अफर सार्वजनिक गरेका छन् ।

कम्पनीहरुले दशैंलक्षित सामग्रीलगायत अन्य विभिन्न घुमफिर तथा एड्भेन्चर क्षेत्रले पनि अफर सार्वजनिक गरेका छन् ।
त्यस्तै, सुकुटे एड्भेन्चर रिसोर्टले दशैं अफर सार्वजनिक गरेको छ ।

रिसोर्टले विशेष प्याकेजका साथ अफर सार्वजनिक गरेको हो । रिसोर्टले ‘स्पेशल फेस्टिभ अफर’ मा दिवा प्याकेजको १ हजार रुपैयाँ तोकेको छ । उक्त प्याकेजमा रिसोर्टले ब्रेकफास्ट, लन्च र स्न्याक्सको १ हजार रुपैयाँ तोकेको जनाएको छ ।

रिसोर्टले एक दिन बस्नका लागि रुम स्टेको लागि प्रति व्यक्ति २२ सय रुपैयाँ र टेन्ट स्टेका लागि २ हजार रुपैयाँ तोकेको छ । जसमा स्न्याक्स, डिनर, ब्रेकफास्ट र लन्चको व्यवस्था हुनेछ ।

त्यस्तै, रिसोर्टले क्याम्पफायर र बिबिक्यू, लेजर स्पोर्टस्, अनलिमिटेड स्वीमिङ र म्यूजिक तथा डीजेको व्यवस्था गरेको छ ।
साथै, ¥याफ्टिङ गर्न प्रतिव्यक्ति १५ सय रुपैयाँ तोकेको छ ।


क्लिकमान्डु