अब कपाल र दाह्री काटेको २/२ सय, डेड लक गर्न २५ हजार



काठमाडौं । नेपाल नाई संघले कपाल दाह्री काटेको मूल्य बढाएको छ ।

असोज १ गतेदेखि काठमाडौं उपत्यका भरका लागि दर रेट परिवर्तन गरिएको नेपाल नाई संघले जनाएको छ । जसअनुसार अब कपाल काटेको २ सय रुपैयाँ तिर्नु पर्ने छ भने दाह्री काटेको साधारण १२० र स्पेशलको मूल्य २ सय निर्धारण गरिएको छ ।

टाउको मसाज गरेको २ सय, फेस ब्लिच गरेको ७ सयदेखि १ हजार, फेसवास गरेको ४ सयदेखि ६ सय, थ्रेडिङ्ग गरेको हाफको १२० र फुलको १५० रुपैयाँ तय गरिएको नाई संघले जनाएको छ ।

त्यस्तै डेड लक गरेको १२ हजार देखि २५ हजार, कपाल स्ट्रेट गरेको १८ सय देखि ४ हजारसम्म तोकिएको नाई संघले जनाएको छ ।


क्लिकमान्डु