सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढ्यो



काठमाडौं । मंगलबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ ।

सोमबार छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ४ सय रुपैयाँ कायम भएकोमा मंगलबार ४ सय रुपैयाँले बढेर ९१ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, सोमबार तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ९ सय रुपैयाँ कायम भएकोमा मंगलबार ९१ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

साथै, सोमबार चाँदीको मूल्य प्रतितोला ११ सय ७५ रुपैयाँ कायम भएकोमा मंगलबार ५ रुपैयाँले बढेर ११ सय ८० रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु