सहकारीका नेताले गर्ने भाषणमा विभागको अंकुश, सोझै एजेण्डामा छलफल गर्न निर्देशन



काठमाडौं । काठमाडौं महानगरपालिका अन्तर्गतको सहकारी विभागले संस्थाले साधारणसभा गर्दा गर्ने लामो भाषणमा बन्देज लगाएको छ ।

महानगरको कार्यक्षेत्र भएका संस्थाहरुलाई जारी गरेको निर्देशनमा साधारणसभामा सदस्यहरुको भमिकालाई अझ सक्रिय बनाउन उदघाटन सत्रलाई तथा मन्तव्यका कायक्रम नराखी सोझै एजेण्डा उपर छलफल गर्ने वातावरण मिलाउन निर्देशन दिएको छ । विभागले सहकारी संस्थालाई जारी गरेको ९ बुँदे निर्देशनमा उक्त व्यवस्था उल्लेख छ ।

विभागले सहकारी काठमाडौं महानगरपालिका भित्र मात्र कार्यक्षेत्र भएका संस्थालाई पुस मसान्त भित्र साधारणसभा सम्पन्न गरी पारित प्रतिवेदन १५ दिन भित्र विभागमा बुझाउन भनेको छ ।

विभागले सहकारी संस्थामा सदस्य बनाएर मात्र कारोवार गर्ने र साधारणसभामा कुल सदस्य संख्याको कम्तीमा ५१ प्रतिशत सदस्य उपस्थिती नभए गणपुरक संख्या पुरÞ्याएर मात्र साधारणसभा गर्न भनेको छ ।

सभामा लेखापरीक्षण प्रतिवेदन, संचालक समितितथा लेखा समितिको प्रतिवेदन एवं पेश हने अन्य सबै प्रतिवेदन तथा विषय उपर पर्याप्त छलफल गराएर मात्र पारित गर्न भनेको छ ।

संचालक समिति तथा लेखा समितिको निर्वाचन हुने भए प्रचलित कानून, मापदण्ड, एवं विनियम बमोजिमको योग्यता पुगेका सदस्यहरु मध्येबाट निर्वाचित गर्ने, साधारणसभाबाट चालु आर्थिक वर्षको संस्थाको हिसाब किताबको लेखापरीक्षणगर्न एक जना लेखापरीक्षक र आवश्यकतानुसार बैकल्पिक लेखापरीक्षक नियुक्तिको निर्णय गर्ने र निजको पारिश्रमिक तोक्ने व्यवस्था गर्न भनेको छ ।


क्लिकमान्डु