चीनमा शक्तिशाली भूकम्प, ४६ जनाको मृत्यु, १६ जना बेपत्ता



एजेन्सी । चीनमा शक्तिशाली भूकम्प जाँदा कम्तिमा ४६ जनाको मृत्यु भएको छ । दक्षिण पश्चिम चीनमा ६ दशमलब ६ म्याग्निच्युडको भूकम्प जाँदा कयौं मानिस हराइरहेको जनाइएको छ । 

स्थानीय समयअनुसार सिचुआन प्रान्तमा १ बजे भूकम्प गएको हो । भूकम्पका कारण पहाडमा पहिरो गएको छ भने बिजुलीको लाइन कटेको छ । 

भूकम्पको केन्द्रबिन्दु चेङ्डुबाट २२६ किलोमिटर दक्षिणपश्चिममा रहेको दुर्गम पहाडी क्षेत्रमा पर्ने लुडिङ सहर रहेको चाइना भूकम्प नेटवर्क सेन्टरले जनाएको छ ।

कोरोना भाइरस संक्रमण बढेसँगै सिचुआनको राजधानी चेङ्डुकामा लकडाउन गरिएको छ र करिब २ करोड १० लाख मानिस घरमै बस्न आदेश दिइएको थियो । 

सरकारी सञ्चार माध्यम सीसीटीभीका अनुसार भूकम्पका कारण यान सहरमा १७ जना र छिमेकी प्रान्त गान्जीमा २९ जनाको मृत्यु भएको छ । भूकम्पका कारण १६ जना हराइरहेका र ५० जना घाइते भएका छन् । 


क्लिकमान्डु