सरकारले कर्मचारीहरुको सरुवा, बढुवा गर्न नपाउने



काठमाडौं । सरकारले सोमबारदेखि कर्मचारीहरुको सरुवा, बढुवा गर्न नपाउने भएको छ ।

निर्वाचन आयोगले गत भदौं २ गते दिएको निर्देशन अनुसार सरकारले हिजोबाट कुनै पनि कर्मचारीको सरुवा, बढुवा, नियुक्तिकाे काम गर्न नपाउने भएको हो ।

आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि सो काम नगर्न आजभन्दा १९ दिन अघि अर्थात् गत भदौं २ गते नै निर्देशन दिएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताए ।

निर्वाचन आयोगले यस अघि नै निर्वाचन प्रयोजनका लागि कर्मचारी व्यवस्थापन गर्न प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सबै जिल्लाहरुमा कर्मचारी व्यवस्थापन कमिटी बनाएको छ ।

कर्मचारीहरुलाई निर्वाचन प्रयोजनका लागि परिचालन गर्न सबै जिल्लाहरुमा सो कमिटीको पनि व्यवस्था गरिएको आयोगका सहायक प्रवक्ता अर्यालले बताए ।

निर्वाचन आयोगले निर्वाचनको मिति घोषणा भएदेखि नै सरकारलाई आचारसंहिता लाग्ने पनि स्पष्ट पारेको छ । आगामी मंसीर ४ गते प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन हुँदैछ ।


क्लिकमान्डु