पर्वतारोही पूर्णिमा श्रेष्ठ वाइवाइ चाउचाउको ब्रान्ड एम्बासडर



काठमाडौं । चौधरी ग्रुपले पर्वतारोही पूर्णिमा श्रेष्ठलाई वाइवाइ चाउचाउ तथा स्पिड इनर्जी ड्रीन्कस्को ब्रान्ड एम्बासडर नियुक्त गरेको छ ।

नेपालको पर्यटन प्रबद्र्धनमा विशेष भूमिका खेल्दै आएको चौधरी ग्रुपले श्रेष्ठको साहसिक कार्यको कदर गर्दै सहकार्य गर्ने उद्देश्यका साथ ब्रान्ड एम्बासडर नियुक्त गरेको हो ।

आइतबार आयोजित एक समारोहबिच चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले आरोही श्रेष्ठलाई ब्रान्ड एम्बासडर नियुक्त गरे ।

यसअघि सगरमाथासहित नेपालको ८००० मिटरभन्दा माथि उचाईका ७ ओटा हिमालहरु चढिसकेकी श्रेष्ठ बिना अक्सिजन मनास्लु हिमालको आरोहणमा जाँदैछन् । सो कार्यका लागि श्रेष्ठ सोमबार नै गन्तब्य स्थलतिर लागिसकेका भएको छ ।

सो कार्यक्रममा प्रबन्ध निर्देशक चौधरीले श्रेष्ठलाई वाइवाइको झन्डा प्रदान गर्नुभयो जुन झन्डा श्रेष्ठले मनास्लु हिमालको चुचुरोमा पनि फहराउनु हुने छ।

‘चौधरी ग्रुप सँग सहकार्य गर्न पाउँदा निकै उत्साही भएको छु,’ श्रेष्ठले भने ।

गोर्खाको आरुघाट ३ मा जन्मिएकी श्रेष्ठ नेपालको हिमाल पर्वतारोहणमा परिचित नाम हो । उनी पेशाले फोटो पत्रकार हुन् ।


क्लिकमान्डु