बालाजु क्षेत्रमा अवैध संरचना हटाउन महानगरले चलायो डोजर



काठमाडौं । काठमाडौं महानगरपालिकाले बालाजु क्षेत्रमा रहेका अवैध संरचना हटाउन शुरु गरेको छ ।

सोमबार दिउँसो महानगरले म्हेपी मन्दिरबाट मिनत्रनगरतर्फ जाने सडकमा डोजर प्रयोग गरेर अवैध संरचनाहरु हटाइरहेको हो।

संरचना हटाएको हेर्ने सर्वसाधारणको भीड बढेपछि प्रहरीले बल प्रयोग गरेर सो क्षेत्र खाली गराएको छ । महानगरले आइतबार साँझ कोटेश्वर क्षेत्रका अवैध संरचना हटाएको थियो ।

काठमाडौं महानगरले अवैध संरचना हटाउन ३५ दिने सूचना जारी गर्दा पनि संरचना नहटाएपछि केही दिन यता यस्ता संरचना हटाउने अभियान चलाइरहेको छ ।


क्लिकमान्डु