सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढ्यो



काठमाडौं । सोमबार सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेको छ ।

आइतबार छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार ६ सय रुपैयाँ कायम भएकोमा सोमबार १ सय रुपैयाँले बढेर ९३ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, आइतबार तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार १ सय रुपैयाँ कायम भएकोमा सोमबार ९३ हजार २ सय रुपैयाँ कायम भएको छ ।

साथै, आइतबार चाँदीको मूल्य प्रतितोला ११ सय १० रुपैयाँ कायम भएकोमा सोमबार ५ रुपैयाँले बढेर ११ सय १५ रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु