सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घट्यो



काठमाडौं । बुधबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घटेको छ ।

मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ८ सय रुपैयाँ कायम भएकोमा बुधबार ८ सय रुपैयाँले घटेर ९४ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, मंगलबार तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार ३ सय रुपैयाँ कायम भएकोमा बुधबार ९३ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

साथै, मंगलबार चाँदीको मूल्य प्रतितोला ११ सय ४५ रुपैयाँ कायम भएकोमा बुधबार १५ रुपैयाँले घटेर ११ सय ३० रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु