अब नेपाल बैंकबाट आइपीओ भर्दा सिआस्वा शुल्क नलाग्ने

238
Shares


नेपाल बैंकबाट आईपीओ भर्दा धितोपत्र आबेदनमा तिर्नुपर्ने सिआस्वा शुल्क नलाग्ने भएको छ ।

बैंकका अनुसार अबदेखि सम्पूर्ण ग्राहकहरुले नेपाल बैंकबाट निःशुल्क आइपीओ भर्न सक्नेछन् । हाल नेपाल धितोपत्र बोर्डले धितोपत्र खरिद सम्बन्धि सुबिधा उपलब्ध गराए बापत बैंक तथा वित्तीय संस्थाले बढिमा पाँच रुपैयाँ सेवा शुल्क लिन पाउने व्यवस्था गरेको छ ।

नेपालभर २१९ शाखाहरु, १८६ एटिएम, ४९ वटा एक्टेन्सन काउन्टर मार्फत करिब २१ लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याईरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ प्रविधि मार्फत बैकिङ सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।