अर्थ मन्त्रालयको प्रवक्तामा काफ्ले नियुक्त



काठमाडौं । अर्थ मन्त्रालयको प्रवक्तामा आनन्द काफ्ले नियुक्त भएका छन् । मन्त्रालयको योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख रहेका काफ्लेलाई सोमबार प्रवक्ताको जिम्मेवारी दिइएको हो ।

अर्थ मन्त्रालयको योजना अनुगमन तथा मुल्यांकन महाशाखा प्रमुख प्रवक्ता हुने परम्परा रहँदै आएको छ ।

भदौ ६ गते महाशाखा प्रमुख रहेका ढुण्डीप्रसाद निरौलाको मध्यम स्तरीय करदाता कार्यालयमा सरुवा भएपछि काफ्ले भन्सार विभागको उपमहानिर्देशकबाट अर्थ मन्त्रालयमा सरुवा भएका थिए ।

काफ्ले भन्सार विभागमा समेत प्रवक्ताको जिम्मेवारीमा थिए ।


क्लिकमान्डु