सुरज आर्केडको बेसमेन्ट खाली गर्न थालियो, व्यवसायीले आफैं सामान हटाउने



काठमाडौं । काठमाडौं महानगरपालिकाले राजधानीको मखनटोलस्थित सुरज आर्कडटको बेसमेन्ट खाली गर्न निर्देशन दिएको छ ।

महानगरको टोलीले सुरज आर्केड रहेको भवनको बेसमेन्टमा सञ्चालन भइरहेका पसलहरु खाली गर्न निर्देशन दिएको हो ।
भवन बनाउने क्रममा लिइएको अनुमति अनुसार पार्किङको व्यवस्था नगरि पसलहरु सञ्चालनको अनुमति दिएको भन्दै महानगरले आर्केड खाली गर्न निर्देशन दिएको हो ।

काठमाडौं महानगरपालिकाका नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेले आर्केडको अण्डरग्राउण्डमा रहेका पसलहरु खाली गर्न निर्देशन दिएका थिए ।

‘तपाईंहरु पसलहरु खाली गर्न शुरु गर्नुस्, यहाँहरुले शुरु गरेपछि हामी जान्छौ’ पाण्डेले बेसमेन्टमा व्यवसाय गर्दै आएकाहरुलाई आग्रह गरे ।

व्यवसायीहरुले बेलुकासम्म आफूहरुले सामान निकालेर बेसमेन्ट खाली गर्ने बताएका थिए ।


क्लिकमान्डु