सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घट्यो



काठमाडौं । सोमबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेको छ ।

आइतबार छापावाला सुनको मूल्य प्रतितोला ९५ हजार १ सय रुपैयाँ कायम भएकोमा सोमबार ६ सय रुपैयाँले घटेर ९४ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, आइतबार तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार ६ सय रुपैयाँ कायम भएकोमा सोमबार ९४ हजार रुपैयाँ कायम भएको छ ।

साथै, आइतबार चाँदीको मूल्य ११ सय ६० रुपैयाँ कायम भएकोमा सोमबार १५ रुपैयाँले घटेर ११ सय ४५ रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु