महानगरको अभियान सधैँ रहनेछ, नियमको पालना गरिदिनुहोला : बालेन



काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहा (बालेन) ले नियमको पालना गर्न अनुरोध गरेका छन् ।

महानगरपालिकामा रहेका कतिपय भनवमा बेसमेन्टको प्रयोग फरक प्रयोजनका लागि भइरहेको भन्दै त्यसलाई हटाउने अभियान चलाइरहेका मेयर शाहले जुन प्रयोजनाका लागि भवन बनेको हो त्यसलाई त्यहीरुपमा प्रयोग गर्न अनुरोध गरेका छन् ।

यसलाई पहिला देखिन नै व्यवहारिकरुपमा प्रयोग गरेकाहरुमा उनले आभार व्यक्त गरेका छन् भने अभियानलाई साथ दिनेलाई उनले धन्यवाद दिएका छन् ।

शाहले बेसमेन्टलाई पार्किङ प्रयोजन कायम राख्ने अभियान सधै रहने बताएका छन् ।

शाहले भनेका छन्, ‘चाहेको यत्ति हो कि जे जुन प्रयोजनका लागि बनेको छ, त्यहिरुपमा प्रयोग होस् । यो कुरालाई पहिलेदेखि नै व्यवहारिकरुपमा प्रयोग गर्नु भएकाहरुप्रति महानगर आभारी छ । अहिलेको अभियानलाई साथ दिएर सुधार गर्नुहुने सबैलाई धन्यवाद छ । महानगरको यो अभियान सधैँ रहनेछ । हामी पुन: अनुरोध गर्दछौँ, कृपया ! नियमको पालना गरिदिनुहोला । महानगर व्यवस्थित बनाउन सबैको योगदानको अनिवार्यता महसुस गरिदिनुहोला ।’

पछिल्ला दिनमा मेयर शाह फरक प्रयोजनमा प्रयोग भइरहेका संरचना हटाउन सक्रिय बनेका छन् । काठमाडौं महानगरपालिकाले राहदानी विभागमा रहेको बेसमेन्ट अन्य प्रयोजनमा प्रयोग भइरहेको भन्दै आज खाली गराएको छ ।


क्लिकमान्डु