माधव नेपालको आशंका: सैनिक अधिकारीहरुसँग राष्ट्रपतिको भेटले भोलि कतै अनिष्ट हुने त होइन ?



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीले सैनिक अधिकारीहरुसँग भेट गर्नुले शंका उत्पन्न भएको बताएका छन् ।

पार्टी पुनर्गठन दिवसको अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाका अधिकारीहरुलाई निवासमा बोलाएर डिनर गराउनुले शंका उत्पन्न भएको बताएका हुन् । कुनै अनिष्ट हुने हो कि भन्ने प्रश्न उठेको उनको भनाइ थियो ।

अध्यक्ष नेपालले राष्ट्रपति र नेपाली सेनाका अधिकारीहरुको बीचमा भएको भेटवार्ताको सम्बन्धमा गठबन्धनमा छलफल भएको बताए । नेपाली राजनीतिमा प्रतिगामी र राजतन्त्रवादी लगायतका शक्तिहरुको क्रियाशिलताको सम्बन्धमा पनि आफूहरुको नजर पुगिरहेको उनको भनाइ थियो ।

‘राष्ट्रपतिका बारेमा पनि कुरा आइरहेका छन् । राष्ट्रपतिले जुन ढंगले पूर्व सनिक अधिकारीरुलाई बोलाएर जसरी राष्ट्रपति निवासमा भोजन, डिनर दिने कामहरु भयो यसले शंका जन्माएको छ । के गर्न खोजेका छन् राष्ट्रपतिले ? भन्ने प्रश्न खडा भएको छ । भोलि कतै अनिष्ट त हुने होइन ? भन्ने प्रश्नहरु पनि खडा भएको छ । आज बिहान बालुवाटारमा त्यसबारेमा हाम्रो बीचमा छलफल पनि भएको छ’ उनले भने ।


क्लिकमान्डु