तनहुँ र रहुगंगा जलविद्युत् आयोजनाको अनुगमन प्रतिवेदन कार्यान्वयन गर्न संसदीय समितिको निर्देशन



काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले तनहुँ र रहुगंगा जलविद्युत् आयोजनाको स्थलगत अनुगमन प्रतिवेदनले दिएका सुझाव तत्काल कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ ।

बुधबार समितिले तनहुँ जलविद्युत् आयोजना र रहुगंगा जलविद्युत् आयोजनाको विषयमा विद्युत् प्राधिकरण र उर्जा मन्त्रालयसँग गरेको छलफलपश्चात् समितिले यस्तो निर्देशन दिएको हो ।

समितिले दुवै आयोजनाको समितिले स्थलगत अनुगमन गरेर प्रतिवेदनमा दिएका सुझाव र समस्या तत्काल समाधान गर्न अन्तरमन्त्रालय निर्देशन दिएको छ ।

समितिले अन्तरमन्त्रालय अन्तर्गत अर्थ,वन,उर्जा मन्त्रालय समेतलाई दुवै आयोजनाका समस्या विषयमा जानकारी दिएर समस्या समाधान गर्न निर्देशन दिएको छ ।

‘तनहुँ जलविद्युत् आयोजना र रहुगंगा जलविद्युत् आयोजनाको स्थलगत अनुगमन प्रतिवेदनको निस्कर्ष र सुझावहरुमा समावेश विषयहरुलाई यथाशीघ्र कार्यानवयन गर्नको लागि सम्बन्धित अन्तर मन्त्रालयहरुलाई समितिले निर्देशन दिन्छ ।अन्तरमन्त्रालय अन्तर्गत अर्थ मन्त्रालय,वन,उर्जा मन्त्रालय समेतलाई तनहुँ जलविद्युत् आयोजना र रहुगंगा जलविद्युत् आयोजनाका समस्या विषयमा जानकारी दिएर समस्या समाधान गर्न निर्देशन दिन्छ’ सभापति पूर्णकुमारी सुवेदीले भनिन् ।


क्लिकमान्डु