अर्थ मन्त्रालयले लगानी बोर्डलाई २० करोड दिने



काठमाडौं । अर्थ मन्त्रालयले लगानी बोर्डलाई २० करोड रूपैयाँ दिने भएको छ ।

संस्थाको दीगोपनका लागि लगानी बोर्डले आफ्नै कोष र संगठन तथा व्यवस्थापन सर्वेक्षणसमेत गरेको छ ।

मन्त्रालयले दिएको रकमले बोर्डले स्थायी कर्मचारीको व्यवस्था गर्ने तयारी गरेको छ । बोर्डले सरकारी कर्मचारीहरूको बारम्बार सरुवा र विज्ञको अभाव लगायतका समस्या खेपिरहेको जनाएको छ ।

प्रधानमन्त्री अध्यक्ष रहने शक्तिशाली बोर्ड भनिए पनि संस्थागत विकासका लागि कोष र सांगठनिक सुदृढीकरण अभावको सामना बोर्डले गरिरहेको छ ।

लगानी बोर्डलाई सरकारले बजेट छुट्याउँदै आएको छ । चालु आर्थिक वर्ष २०७९-८० का लागि कोषको बजेट २७ करोड ५५ लाख रुपैयाँ छ ।


क्लिकमान्डु