गरिमा विकास बैंक र फोकसवान पेमेन्ट सोलुसनसबीच भुक्तानी सेवा सम्बन्धि सम्झौता



काठमाडौं । गरिमा विकास बैंकले भिजा कार्डबाट हुने विभिन्न बिल भुक्तानीहरुलाई थप सरल तथा ग्राहकमैत्री बनाउन फोकसवान पेमेन्ट सोलुसनस् प्रालिद्वारा संचालित मोको डिजिटल वालेटसँग सम्झौता गरेको छ ।

सम्झौतापत्र अनुसार,यस विकास बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले आफ्नो भिजा कार्ड मोको डिजिटल वालेटमा लिंक गराई विभिन्न सेवाहरु जस्तैः मोबाईल टपअप, इन्टरनेट/विद्युत/खानेपानीको बिल भुक्तानी, हवाईजहाजको टिकटको बिल भुक्तानी लगायतका सेवाहरु सजिलै प्रयोग गर्न सक्नेछन् ।

साथै, मोको डिजिटल वालेटबाट नेपालभर १५०० भन्दा बढी मर्चेन्टहरुमा स्क्यान टु पे मार्फत सजिलै बिल भुक्तानी गर्न सकिनेछ ।

हाल, यस विकास बैंकले नेपालभर १२० शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर र ५१ एटिएमबाट सरल, सुलभ एवं गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।


क्लिकमान्डु