मेरो सेयर एप अब आईफोनमा पनि चल्ने



काठमाडौं । अब एप्पलको फोन बोक्नेले पनि ‘मेरो सेयर’ एप चलाउन सक्ने भएका छन् ।

सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले ‘मेरो सेयर’ एप आईओएसबाट प्रयोग गर्न मिल्ने बनाएको छ । सीडीएससीले गरेको यो व्यवस्थासँगै आईफोन फोन बोक्नेले पनि सहजै मेरो सेयर एप चलाउन सक्ने छन् ।

सीडीएससीले उक्त एपलाई आईओएस अपरेटिङ सिस्टममा तयार पारेको र उक्त एप ‘एप स्टोर’मा उपलब्ध हुने जनाएको छ । सीडीएससीले आफ्नो लोगो अंकित आईकन भएको तथा सेलर इन्फरमेसनमा सीडीएससी एण्ड क्लियरिङ लेखिएको एप चलाउन भनेको छ ।

सीडीएससीले २०७७ असोज पहिलो साता मेरो सेयरको एप ल्याएको थियो । उक्त एप यसअघि एन्ड्रोइडमा मात्रै प्रयोग गर्न मिल्ने थियो । अब भने आईओएसमा उपलब्ध भएको हो। सीडीएससीका अनुसार अहिलेसम्म ४४ लाख ३२ हजार ५४७ जना मेरो सेयर प्रयोगकर्ता रहेका छन् । डिम्याट खाता खोल्ने सेयर लगानीकर्ताको संख्या ५३ लाख ३७ हजार ७७० जना पुगेका छन् ।


क्लिकमान्डु