नक्कली बिल बनाएको आरोप लागेका गुप्ता फरार, राजस्व अनुसन्धानद्वारा तस्बिर सार्वजनिक



काठमाडौं । कर सहयोगीको रुपमा काम गरिरहेका प्रभु गुप्तामाथि नक्कली मूल्य अभिवृद्धि कर (मुअकर) को बिल बनाएर कर छली गरेको आरोप लागेको छ ।

नक्कली बिल बनाएर राजस्व चुहावट जन्य कसूर गरिरहेको सूचनाका आधारमा राजस्व अनुसन्धान विभागले गुप्ताको घरमा छापा मारेको थियो ।

सोमबार विभागले जारी गरेको विज्ञप्तिमा बारा जिल्ला कलैया उपमहानगरपालिका-१ स्थित गुप्ताको घरमा खानतलासी गरि नक्कली मुअकर बिल नियन्त्रणमा लिएको जनाइएको छ ।

विभागले गुप्तालाई नियन्त्रणमा लिन खोजीकार्य जारी रहेको भन्दै तस्बिर सार्वजनिक गरेको छ । उनको विषयमा कुनै जानकारी भए उपलब्ध गराई अनुसन्धानमा सहयोग गरिदिन सर्वसाधारणसँग विभागले अनुरोध गरेको छ ।


क्लिकमान्डु