टुनल्याण्ड ई प्लस लञ्च हुँदै



काठमाडौं । टुनल्याण्ड ई प्लस नेपालमा लञ्च हुने भएको छ ।

नेपालका लागि फोटोनको आधिकारिक बिक्रेता , एमएडब्लयू वृद्धी कमर्शियल भेहिकल प्रालि, टुनल्याण्ड ई सफलतापछि टुनल्याण्ड ईको अर्को अपग्रेडेड भर्सन भाद्र ९ गते लञ्च गर्ने तयारी गरेको कम्पनीले जनाएको छ । टुनल्याण्ड ईको नयाँ भर्सन थप शक्तिशाली, आकर्षक फिचरसहित आउने कम्पनिले जनाएको छ ।

कम्पनीका अनुसार टुनल्याण्ड ई+ ग्राहकलाई पिकअप ट्रकमा चाहिने कुरालाई र आफ्नो अनुभव र रिसर्च अनुसार डिजाइन गरिएको हो । नेपाल र नेपाली बाटोलाई सुहाउँदो टुनल्याण्ड ई + ग्राहक वर्गको प्रतिक्षाको पिकअप ट्रक बनेको कम्पनीले जनाएको छ ।

फोटोन पछिल्लो समय नेपालमा पिकअप, भ्यान र एम्बुलेन्स सेग्मेंटमा अत्यन्त लोकप्रिय हुँदै गइरहेको छ । आकर्षक लुक्स र पावरले गर्दा फोटोन लोकप्रिय हुँदै गएको जानकारहरु बताउँछन् ।


क्लिकमान्डु