हुन्डाई नेपालको ‘बी(भी) द च्यालेन्ज’ अभियानअन्तर्गत वृक्षरोपण सम्पन्न



काठमाडौं । हुन्डाई नेपालले ‘बी(भी) द च्यालेन्ज’ अभियानअन्तर्गत रातोमाटेडाँडा, चुनिखेलमा वृक्षरोपण गरेको छ ।

रातोमाटेडाँडा सामुदायिक वनको समन्वयमा २०० भन्दा बढी बिरुवा रोपिएको उक्त कार्यक्रममा ईभीका विभिन्न उमेर समूहका करिब १५० जनाको सहभागीता रहेको थियो। त्यसका लागि कोना र आईओएनआईक्यू ५ गरी ४० भन्दा बढी विद्युतीय गाडीहरू थापाथलीबाट बुढानिलकण्ठसम्म गएका थिए ।

हुन्डाई नेपालको ‘बी(भी) द च्यालेन्ज’ हुण्डाई मोटर कम्पनीको पर्यावरण मैत्री प्रतिबद्धतामा ऐक्य-बद्धता गर्ने पहल स्वरूप ल्याइएको कम्पनीले जनाएको छ ।

ब्याट्री इलेक्ट्रिक भेहिकल कार्बन न्युट्रालिटिको पर्याय बनेको आजको समयमा बी (भी) द चेन्जले हरेकलाई व्यक्तिगत र सामुदायिक स्तरमा दिगोपनका अभ्यास अवलम्बन गर्न प्रोत्साहन गर्ने विश्वास लिइएको छ।

यो अभियानअन्तर्गत गरिएको प्रारम्भिक चरणका कार्यक्रमहरूमध्ये एक वृक्षरोपणले साधारण सवारी साधनहरुको कार्बन उत्सर्जन र तिनका प्रभावलाई कम गर्ने आसा राखिएको कम्पनीले जनाएको छ । त्यस्तै आगामी दिनमा पनि कम्पनीले पर्यावरण दिगोपन सम्बन्धी अन्य कार्यक्रम आयोजना गरी पर्यावरण मैत्री व्यवहार अवलम्बन गर्न प्रोत्साहन गर्ने धेय राखेको हुन्डाईले जनाएको छ ।

गएको वर्ष सेप्टेम्बरमा हुन्डाई मोटर कम्पनीले सन् २०५० को ग्लोबल कार्बन न्यूट्रल लक्ष्यभन्दा पाँच वर्ष अगाडि सन् २०४५ सम्ममा आफ्नो उत्पादन र सञ्चालनका सबै चरणहरूमा कार्बन न्युट्रालिटि कायम गर्ने लक्ष्य सार्वजनिक गरेको थियो ।

कम्पनीले कार्बन न्यूट्रालिटी तर्फको यात्रामा सन् २०२५ सम्ममा २३ वटा पर्यावरण मैत्री लाइनअप ल्याई १० लाख भन्दा बढी विद्युतीय सवारी साधन तयार गर्ने योजना बनाएको छ ।

हुन्डाई मोटर कम्पनीले आफ्नो यही मिसनलाई अगाडि बढाउने हेतुले यही अप्रिलमा “गोल अफ द सेन्चुरी” नामक विश्वव्यापी अभियान सुरु गरेको थियो । यस अभियानले फुटबलको विश्वव्यापी आकर्षणमार्फत् फुटबल प्रेमीहरू र अन्यलाई पनि दिगोपनको अभ्यासमा एकताबद्ध गर्ने लक्ष्य राखेको छ ।


क्लिकमान्डु