गिरिको निधनबाट सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमायौं: राष्ट्रपति



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधनले आफूलाई अत्यन्त दुःखी बनाएको उल्लेख गर्दै उनीप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गरेकी छन् ।

राष्ट्रपति भण्डारीले उनको निधनले सिद्धान्तनिष्ठ बौद्धिक व्यक्ति गुमाएको उल्लख गरेकी छन् ।

राष्ट्रपति भण्डारीले आज बिहान ट्वीटमा ‘गिरिको निधनबाट हामीले एक सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमाएका छौँ’ उल्लेख गरेकी छन् ।

राष्ट्रपति भण्डारीले शोकाकूल परिवारमा गहिरो समवेदना प्रकट गरेकी छन् ।


क्लिकमान्डु