कांग्रेस नेता प्रदिप गिरिको निधन



काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदिप गिरिको निधन भएको छ । शनिबार राति ७५ वर्षको उमेरमा उपचारको क्रममा गिरिको निधन भएका हो ।

समाजवादी चिन्तकको परिचय बनाएका गिरि क्यान्सर रोगबाट पीडित थिए । उनको अन्तिम दाहसंस्कार आइतबार गरिने छ ।

कांग्रेस संसदीय दलको कार्यालयका अनुसार उनको पार्थिव शरीर मेडिसिटी अस्पतालको शिवालयमा आज बिहान ९ देखि ११ बजेसम्म श्रद्धाञ्जलीका लागि राखिनेछ।

त्यसपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा साढे ११ देखि दिउँसो २ बजेसम्म श्रद्धाञ्जलीका लागि राखिनेछ।


क्लिकमान्डु