कांग्रेस नेता प्रदीप गिरिको स्वास्थ्य अवस्था गम्भीर



फाइल तस्बिर

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरिको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचाररत गिरिको अवस्था जटिल भएसँगै सघन उपचार कक्ष (आइसियू)मा राखेर उपचार भइरहेको छ ।

कांग्रेस नेता विमलेन्द्र निधीले गिरिको स्वास्थ्यलाई लिएर आफू स्तब्ध र निरीह रहेको उल्लेख गरेका छन् । आफूले दोस्रोपटक गिरिको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको जनाएका छन् ।

‘आदरणीय मेरा अग्रजभ्रातातुल्य मित्र,समाजवादी, गांधीवादी, विचारक,योद्धा, नेपाली काँग्रेसका नेता प्रदिप गिरि लाई मेडिसिटिमा दोस्रोपटक हेरेर बाटोमा फर्कदै छु। स्तब्ध र निरिह छु। ईश्वरीय चमत्कारको लागि प्रार्थना गर्दछु – सबैले प्रार्थना गरौं !’निधिले सामाजिक सञ्जालमा लेखेका छन् ।

स्वास्थ्यमा समस्या देखिएपछि उनी गत वर्ष साउनमा उपचारका लागि भारतको मुम्बई पुगेका थिए । करिब एक वर्ष उपचारपछि गिरिलाई साउनमा स्वदेश ल्याइएको थियो । घाँटीमा क्यान्सरसँग जुधिरहेका गिरिमा निमोनिया पनि देखिएको छ । निमोनिया देखिएपछि मेडिसिटी अस्पतालमा उपचार जारी रहेको छ ।


क्लिकमान्डु