कुन तहका सरकारी कर्मचारीको तलब बढेर कति पुग्यो ? (पूर्णविवरण)



काठमाडौं । अर्थ मन्त्रालयले कर्मचारीको नयाँ तलब सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको बजेटमार्फत् सबै तहका कर्मचारीको १५ प्रतिशत तलब बढाउने घोषणा गरिएको थियो ।

संसदमा घोषणा गरिए भन्दा बढी तलब बढाउन खोजिएको भन्दै आलोचना भएपछि संसदमा घोषणा गरिए अनुसार नै कर्मचारीको तलब बृद्धि गरिएको छ ।

मन्त्रिपरिषदको बैठकले साउन १ गतेदेखि लागु हुने गरि तलब वृद्धि गरेपछि अर्थ मन्त्रालयले निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी सशस्त्र प्रहरी बल नेपाल, स्वास्थ्य सेवा, संसद सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक, प्रदेश र स्थानीय तहमा विभिन्न तहमा कार्यरत कर्मचारीको तलब सार्वजनिक गरेको हो ।

मन्त्रालयले सार्वजनिक गरेका तलब अनुसार सबैभन्दा धेरै तलब नेपाल सरकारका मुख्य सचिवको ७७ हजार २११ रुपैयाँ र सबैभन्दा कम प्रथमस्तरको कार्यालय सहयोगीको तलब २४ हजार ७०२ पुगेको छ । यस्तै नेपाली सेनाका प्रधानसेनापतिको तलब समेत मुख्य सचिव बराबर नै छ ।

यस्तै, नेपाल सरकारका सचिवको तलब ७२ हजार २ रुपैयाँ, सहसचिवको तलब ५६ हजार ७८७, उपसचिवको तलब ४ हजार ७३७, शाखा अधिकृतको तलब ४३ हजार ६८९ रुपैयाँ पुगेको छ । यस्तै निजामती सेवामा सुब्बाको तलब ३४ हजार ७३० रुपैयाँ, खरिदारको तलब ३२ हजार ८५६ रुपैयाँ पुगेको छ ।


क्लिकमान्डु