पर्यटकीय गन्तव्यहरुलाई असर नपर्ने गरी विकास हुनुपर्छः मन्त्री श्रेष्ठ



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनराम श्रेष्ठले पर्यटकीय गन्तव्यहरुलाई असर नपर्ने गरी विकास निर्माण हुनुपर्ने बताएका छन् ।

सोमवार पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल ९टान० को वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो
बताएका हुन् । मन्त्री श्रेष्ठले नेपालालाई वर्षभर नै पर्यटकहरु आउने पर्यटकीय गन्तव्यस्थल बनाउनुपर्ने बताए । उनले वर्षभर नै नेपाल पर्यटकहरुका लागि खुला छ भन्ने कुराको प्रचार गरी पर्यटकलाई आकर्षित गर्नुपर्ने बताए । उनले विदेशमा रहेका हरेक नेपालीहरुले कम्तिमा एकजना विदेशीलाई नेपाल घुम्न जाऔँ भन्ने वतावरण सिर्जना गर्ने अभियान थालेको
बताए । उनले सरकार पर्यटन क्षेत्रलाई थप विकसित र आकर्षित गरेर प्रवद्र्धन गर्ने कुरालाई ध्यानमा राखेर अघि बढीरहेको बताए ।

उनले सरकार ट्रेकिङ क्षेत्रलाई व्यवस्थित, आकर्षित र प्रवद्र्धन गर्ने कुरामा प्रतिवद्ध रहेको बताए । मन्त्री श्रेष्ठले विकासको कारणले ट्रेकिङ
रुटहरुमा पनि असर भइरहेको भन्दै यसलाई ध्यानमा राखेर सरकारले आगामी कदम चाल्ने बताए ।

उनले भने, ‘नेपाल अब सिजनल मात्रै होइन, अल सिजन नै नेपालमा पर्यटकहरु आउनसक्छ । सबै राउण्ड द इयर नै हाम्रो सिजन हो भन्ने कुरालाई
हामीले व्यापक रुपमा लैजानुपर्छ । हामीले पर्यटक दशकको रुपमा नेपाल भ्रमण दशक भनेर सन् २०२३ देखि २०३३ सम्मलाई निरन्तर रुपमा काम अघि बढाउने र
पर्यटन क्षेत्रलाई आकर्षित गर्ने, र नेपालमा रहेका नेपालीहरुले पहिला नेपाल घुमौं र विदेश घुमौं भन्ने कुरालाई अघि सारेका छौँ । प्रत्येक विदेशमा बस्ने नेपालीले एकजना नेपालीलाई नेपाल जाऔँ भन्ने अभियान चलाऔं भन्ने अभियान थालेक छौँ । पर्यटन क्षेत्रलाई विकास र आकर्षित गरेर काम अघि बढाउनुपर्छ भन्ने मान्यतासहित सरकारले काम गरिहरेको छ । यो क्षेत्रलाई व्यवस्थित गर्ने, आकर्षित गर्ने र प्रवद्र्धन गर्ने कुरालाई ध्यानमा राखेर हामी अघि बढ्नसक्छौँ । क्लिन ग्रिनको पोलिसी पनि अघि सारेका छौँ । विकासको
कारणले जुन ढंगबाट ट्रेकिङ रुटहरुमा पनि असर भइरहेको कुरा आइरहेका छन् । विकासका मोडेलमा पनि नयाँ ढंगबाट सोच्नुपर्छ । स्थानीय जनप्रतिनिधि र संघीय जनप्रतिनिधिबीचमा व्यापक छलफल गरेर नेपालका पर्यटकीय गन्तव्यहरुमा असर नपर्ने गरेर विकासका काम अघि बढाउने गरी विकास गर्न जरुरी छ ।’

स्थानीय जनप्रतिनिधि र संघीय जनप्रतिनिधिबीचमा व्यापक छलफल गरेर नेपालका पर्यटकीय गन्तव्यहरुमा असर नपर्ने गरेर विकासका काम अघि बढाउने गरी विकासका कार्यक्रम अघिबढाउने प्रतिवद्धता व्यक्त गरे


क्लिकमान्डु