सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घट्यो



काठमाडौं । सोमबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको छ ।

आइतबार छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार ८ सय रुपैयाँ कायम भएकोमा सोमबार ४ सय रुपैयाँले घटेर ९७ हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, आइतबार तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार ३ सय रुपैयाँ कायम भएकोमा सोमबार ९६ हजार ९ सय रुपैयाँ कायम भएको छ ।

साथै, आइतबार चाँदीको मूल्य प्रतितोला १२ सय ५० रुपैयाँ कायम भएकोमा सोमबार १५ रुपैयाँले घटेर १२ सय ३५ रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु